‘मरिलानु के नै छ र ?’ गीतको भिडियो लिएर आईन गायिका जुनु गौतम

0

काठमाडौँ, २८ पुस : गायिका जुनु गौतमको ‘मरिलानु के नै छ र’ ? बोलको गीत सार्वजनिक भएको छ । यशु थापाको शब्द, अनिशा श्रेष्ठको सङ्गीत र कुमार गुरुङको एरेन्ज रहेको ‘छोड अब सबै कुरा गर पिरतीको कुरा मरि लानु के नै छ र रिस राग बन्द गर….’ गीतको म्यूजिक भिडियोसहित सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा निर्देशक अनिश श्रेष्ठको निर्देशन, सुरेन्द्र श्रेष्ठको छायाँकन र रामेश्वर जिरेलको सम्पादन रहेको छ। गायिका जुनु यो गीततबाट निकै नै आशावादी रहेकी छिन र दर्शक श्रोताले आफ्नो गीत मन पराउनेमा उनी विश्वस्त छिन । उनको गीतले लाखौँ दर्शक श्रोताको मन जित्न सफल होस् पिएनपिखबर परिवारको तर्फबाट सम्पूर्ण टिमलाई शुभकामना !

जुनुको ‘मरिलानु के नै छ र ?’ हेर्नुस् भिडियोमा:

Share.

Comments are closed.

error: Content is protected !!