मनोज गजुरेलले भक्कानिदै खोले सम्बन्ध विच्छेदको यस्तो भित्री कारण, एकसाथ खिचिएको यही फोटो बन्यो अन्तिम

0

काठमाडौँ : हास्यकलाकार मनोज गजुरेलले पत्नीसँग सम्बन्ध विच्छेद हुनुको कारण खोलेका छन्। दुई दशक भन्दा बढी समय मिना ढकालसँग वैवाहिक सम्बन्धमा बाँधिएका गजुरले आफ्नो फेसबुक फेजमा स्टटस लेख्दै फरक परिवेश र जीवनशैलीका कारण सम्बन्ध विच्छेद भएको बताएका छन्।

उनले भनेका छन्, वैवाहिक जीवनको प्रारम्भिक चरणदेखि नै हाम्रो समान्य मतभेद हुँदै आएको थियो। तर हाम्रा सन्ततीको भविष्यका लागि सकेसम्म मिलेर अगाडि बढ्ने प्रयत्न गरेका थियौँ, तर यसलाई जिवन्त बनाउन सकेनौँ । त्यसैले पारिवारीक सहमतिका आधारमा हामीले कानुनी रुपमा छुट्टीने निर्णय गरौँ।

उनले अन्तमा विवाह पूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको अनुभूतिका लागि पत्नीलाई धन्यावाद समेत दिएका उनले अन्तमा विवाह पूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको अनुभूतिका लागि पत्नीलाई धन्यावाद समेत दिएका छन्।

केही दिनअघि छोरी आमाको र छोरा बाबुको अविभावकत्वमा रहनेअघि गजुरेलले पत्नी ढकालसँग सम्बन्ध विच्छेद गरेका हुन्।

श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन !

मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो ।

हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गऱ्यौं । यस क्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बांडफांड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस् ।

 

Share.

Comments are closed.

error: Content is protected !!