मध्यरातमा पेरिसडाँडामा भयो हात हालाहाल, समानुपातिक सांसद छनौटप्रति तीव्र असन्तुष्टि,आयो यस्तो नतिजा

0

काठमाडौं : प्रदेश सभाका लागि माओवादी केन्द्रका समानुपातिक सांसद छनोटका विषयमा विवाद हुंदा नेताहरुबीचमै हात हालाहाल भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदी र असन्तुष्ट कार्यकताबीच हात हालाहाल भएको हो । सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुली र नेताद्धय शाक्य र सुवेदीबीच शुक्रवार दिउँसो पेरिसडाँडा स्थित मजदुर कार्यालयको छतमा धकेला–धकेल भएको प्रत्यक्षदर्शीले बताए ।

समानुपातिक सांसदहरु चयन गर्दा नेताहरुले आफ्ना श्रीमती, छोरी तथा आफन्तलाई पारेको, विगतदेखी योगदान गरेका र नामावलीमा समेत १ नम्बरमा भएकालाई पाखा लगाएको आक्रोषित पक्षको आरोप छ ।

‘सवै मापदण्ड पुगेको, एक नम्बरमा रहेको मेरो नाम काटेर प्रदेशका ईन्चार्ज र संयोजकले आफ्ना आफन्तलाई समानुपातिक सांसद बनाउन खोजेपछि मैले उनिहरुसंग जवाफ मागेको हो, जिल्ला नेता हिमालले भने, ‘त्यस क्रममा धकेलाधकेल पनि भयो ।’ हात हालाहाल नै भएपछि नेताहरुको मोवाईल भुँईमा खसेको थियो ।

नेताद्धय शाक्य र सुवेदीले पराजुलीको मापदण्ड नपुगेको जवाफ दिएपछि उनि झन आक्रोषीत भएका थिए । सिन्धुपाल्चोक जिल्लाबाट एक जना पनि समानुपातिक सूचीमा परेको छैन । तीन नम्बर प्रदेशको समानुपातिक सूचीमा संयोजक सुवेदीले जनयुद्धदेखी योगदान गरेका सहिद परिवारलाई समेत पन्छाएर आफ्नी छोरी भावना सुवेदी र नेता महेश्वर दाहालकी श्रीमती सिता दाहाललाई सांसद बनाएको आरोप छ ।

त्यस्तै ३ नम्बर क्षेत्रबाटै समानुपातिक सूचीमा परेका आङ्देण्डी लामाले प्रदेशका शीर्ष नेताहरुलाई मोटो रकम बुझाएर सांसद बन्न लागेको आरोप पनि लागेको छ ।

– दैनिक

Share.

Comments are closed.

error: Content is protected !!