मदनकृष्ण श्रेष्ठले लेखे आफूलाई माया गर्ने सबैलाई सम्झेर यस्तो कविता

0

बैशाख २३, कलाकार मदनकृष्ण श्रेष्ठ यतिखेर पत्नी शोकबाट विस्तारै सामान्य जीवनमा फर्किन थालेका छन् । एक महिनाअघि उनकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको क्यान्सरका कारण निधन भएको थियो ।


बहुमुखी प्रतिभाका धनी मदनकृष्ण कुशल गायक हुन् । गीत पनि आफैं रचना गर्छन् । किताब लेखेका छन् । आइतबार बिहान मदनकृष्णले सामाजिक सञ्जाल फेसबुकमा एउटा कविता पोस्ट गरेका छन् । जसमा आफूलाई अहिलेसम्म माया गर्ने सबैलाई उनले सम्झेका छन् । उनको कवितामा मायाको परिभाषा गरिएको छ ।

प्रियसीको चोखो माया, साथीभाइको न्यानो माया
मेरो देशबाट पनि पाएँ धेरै धेरै माया !
सबै माया जोड्दा एउटा सुन्दर पहाड भो
लिन सजिलै भो माया, तिर्नै गाह्रो भो !!

Share.

Comments are closed.

error: Content is protected !!