मजदुर दिवसले समेत नछोएका मिहेनती मजदुरहरु [फोटो फिचर]

0

पिएनपिखबर/सन्दीप खत्री: आज मे १ अर्थात मजदुर दिवस। काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ। नेताहरु मजदुरको हकहितको लागि भन्दै चिल्ला भाषण गरिरहेको बखत मजदुरहरु भने आफ्नो दैनिक कामकाजमा व्यस्त छन। काम नगरे दुई छाक जुटाउन धौ-धौ पर्ने उनीहरुलाई यो दिवसले पटक्कै छोएन।

मकै पोलेर बेच्दै वृद्ध महिला

वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा धेरैजसो कामदारहरु अनविज्ञ नै थिए। इट्टा भट्टामा कामदारहरु सिजनमा रातभर इट्टा भट्टाको लागि इट्टा बनाउँने गर्छन । रातभरी काम गरेका उनीहरु दिनभरी पनि इट्टा बनाउन मै तल्लीन हुन्छन् । इट्टा भट्टाका अधिकांश कामदारहरु मजदुर दिवसको दिनमा समेत आफ्नो काममा व्यस्त छन। अहिले इट्टा भट्टाको सिजन चलिरहेको हुँदा कामदारहरु भने आफ्नो जीविकोपार्जन गर्नको लागि टन्टलापुर घाममा पनि आफ्नो पसिना बगाउन नै व्यस्त छन।

इट्टा भट्टामा इट्टा बोकेको हेर्दै बालमजदुर

इट्टा भट्टामा काम गर्न आउने अधिकांशले सपरिवार नै काम गर्ने गरेका छन। दैनिक १२ हजार देखि १५ हजारसम्म कमाई हुने भएकोले पनि इट्टाभट्टातर्फ कामदार आकर्षित भएका छन । बाल मजदुरको समेत इट्टा भट्टाहरुमा उत्तिकै प्रयोग भएको पाउन सकिन्छ। यस्ता बाल मजदुरलाई परिवारले नै इट्टा भट्टामा काममा ल्याउने गर्छन।

इट्टाको चांग मिलाउदै बाल मजदुर

इट्टा मिलाउदै बाल मजदुर

इट्टा भट्टामा काम गर्ने बालमजदुरहरु आफुलाई अध्ययन गर्न रुची भएतापनि गरिबीको कारण परिवारको पेट पालनको लागि भएपनि काम गर्नुपर्ने बाध्यता रहेको बताउछन। सरकारले इट्टा भट्टालाई बालमजदुर रहित बनाउन बिभिन्न नीति तथा कार्यक्रम संचालन गरेतापनि यो प्रभावकारी बन्न सकेको छैन । राम्रो लाउने र मिठो खानको लागि भएपनि आफु इट्टा भट्टामा काम गर्न अआफुखुशी आएको एक बालमजदुरले पिएनपिखबरलाई बताए।

खुवा बेच्दै ७० बर्षीय बृद्धा

मन्दिरमा खुवा बेच्दै ६० बर्षे बृद्ध

पछिल्लो समय इट्टा भट्टामा हुने श्रम शोषण, यौन दुर्व्यवहार लगायतका घटनामा कमि आएतापनि बाल मजदुरको प्रयोगले भने निरन्तरता पाइरहेको छ। डलरको खेतीमा पल्केका केहि एनजीओ र आइएनजिओले इट्टा भट्टाको बाल मजदुरको हकहितको लागि काम गरेतापनि खालि डलर पचाउने बहाना मात्र बन्न पुगेको छ। सरकारको ठोस योजना र कार्यनीति नहुँदा हजारौ बालश्रमिकको भबिष्य अन्धकारतर्फ धकेलिरहेको छ।

घर बनाउने सामग्री बोक्दै मजदुरहरु

सरकार पक्षबाट यस बिषयमा गम्भीर हुनु जरुरी छ होइन भने बालमजदुरको समस्याले उग्र रुप नलेला भन्न सकिन्न। एनजीओ र आइएनजिओहरुलेपानी निहित स्वार्थ भन्दा माथि उठेर मजदुरको हकहितको सवालमा जनचेतनामुलक कार्यक्रम संचालन गरेमा केहि हदसम्म उनीहरुको भबिष्य उज्यालो तर्फ धकेल्न मद्धत पुग्नेछ। व्यवसायीहरुले बालमजदुरलाई निषेध गर्नु जरुरी छ भने निषेध गरेको ठाउँमा परिवार संगै बस्ने भन्दै काममा लगाउने बाबुआमाले समेत उनीहरुको भबिष्यलाई ध्यानमा राखी सहि कदम चाल्नु आवश्यक छ।

गर्मीको मौसममा बाटोमा खर्बुजा बेच्दै महिला

इट्टा भट्टामा इँटा बोक्दै मजदुरहरु

इट्टा बोक्दै मजदुर

खेतमा कोदालो चलाउदै मजदुर

इट्टा ओसार्दै १३ बर्षे बालक

फोटो: दिपेश बिष्ट/पिएनपिखबर

Share.

Comments are closed.

error: Content is protected !!