भोली बिहिवार सार्वजनिक विदा

0

काठमाडौँ, ३० फागुन: बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्तगर्दै सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।बंगलादेश सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो । बुधबार आकस्मिक रुपमा बसेको बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो ।

बिहीबारका लागि राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदित उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय विदा दिइने छ ।तर विदा नेपाल सरकारले नभइ बंगलादेशको सरकारले गरेको हो । बंगलादेशको सरकारले शोक मनाउनको लागि भोली अर्थात मार्च १५ गते बिहिबारदिन राष्ट्रिय शोक मनाउने गरी देशमा विदा दिएको हो ।

बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो ।सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । नेपालका २३ जना नागरिकले ज्यान गुमाएतापनि सरकारले शोक मनाउने कुरामा केही बोलेको छैन ।

Share.

Comments are closed.

error: Content is protected !!