भोलि शनि जयन्तीको दिन : यी उपाय अपनाएर शनिदेवलाई पार्नुहोस प्रसन्न, बर्सिनेछ कृपा

0

पिएनपिखबर, भक्तपुर : ज्येष्ठ महिनाको किष्ण पक्षको अमावास्यामा शनि जयन्ती मनाइन्छ। यस वर्ष १५ तारिक अर्थात  भोलिको दिन परेको छ। ज्योतिषशास्त्रको अनुसार शनि कर्म र सेवाको कारक हुन्। यसको सिधा सम्बन्ध तपाईको नोकरी र व्यवसायसँग छ। यसकारण शनिको चालको असर तपाईको नौकरी र व्यवसायको सफलता र उतार-उतार-चढ़ावलाई दर्शाउँछ।

शनि देव प्रसन्न हुने देवता हुन्। जो व्यक्तिमा शनिको साढे सातको दशा चलिरहेको छ त्यस्ता व्यक्तिले यस दिन भगवान शिवको पूजा अर्चना गर्नुपर्दछ।

ज्योतिषको अनुसार यस दिन केहि उपाय अपनाउनाले शनि देवको अपार कृपा बर्सिनेछ। कालो गाईको सेवा गर्नाले शनिदेव प्रसन्न हुनेछन। गारिब, असहायलाई कालो कम्बल, कालो वस्त्र दान गर्नुहोस। यस दिन व्रत बस्दा निकै फलदायी हुनेछ, शनिदेवको दर्शन गरेर आशिर्वाद प्राप्त गर्नुहोस।

यी १० नामबाट शनिदेवको पूजा गर्नुहोस। ती हुन् पिंगल, बभ्रु, कृष्ण, रौद्रान्तक, यम, सौरि, शनैश्चर, मंद र पिप्पलाद। एक तामाको कचाउरोमा तीलको तेल भरेर त्यसमा आफ्नो मुख हेर्नुहोस र कालो कपडामा कालो मास, एक किलो गहु, फल, कालो कोइला र फलामको किला राखेर शनिको दान लिने व्यक्तिलाई दान गर्नुहोस।

हनुमाजीलाई चमेलीको तेल राखेर बत्ति बाल्नुहोस्। हनुमान चालिसाको पाठ गर्नुहोस। शनिदेवलाई सर्सोको तेल एवम कालो तिलबाट अभिषेक गर्नुहोस। कालो घोडाको नालको औठी शनि जयन्तीको दिन मध्य औलामा धारण गर्नुहोस। शमी वृक्षको जरालाई विधि-विधान पूर्वक घरमा लिएर आउनुहोस।

शनिवारको दिन श्रावण नक्षत्रमा वा शनि जयन्तीको दिन कुनै योग्य विद्वानबाट अभिमंत्रित गराएर कालो धागोमा बाधेर घाँटीमा धारण गर्नुहोस। सुर्यादयभन्दा पहिला पीपलको पूजा गर्नुहोस र पीपलको रुखमा तेलमा किला राखेर चढाउनुहोस्।

आइतबारलाई छोडेर शनिदेवको मुर्तीमा ४३ दिनसम्म लगातार तेल चढाउनुहोस्। बाँदर र कुकुरलाई शखर र कालो चना खानदिनुहोस साथै शनिदेवलाई तेलको साथै कालो तील अर्पित गर्नुहोस।

Share.

Comments are closed.

error: Content is protected !!