भोजपुरी अभिनेत्री मनिषा रायको सडक दुर्घटनामा मृत्यु

0

पिएनपिखबर, भक्तपुर : भारतको बासदिह-मनियर मार्गमा अबस्थित सडकदुर्घटनामा परि अभिनेत्री मनिषा रायको मृत्यु भएको छ। प्रहरीको अनुसार भारतको वाराणसी निवासी मनीषा राय भोजपुरी फिल्मकी अभिनेत्री हुन्। उनी भोजपुरी फिल्मको शुटिंगको सिलसिलामा उनको सहयोगी सन्जीब मिश्रसँग बाईकमा मेनियर जाँदै थिइन्।

मनिषा सवार भएको बाईकलाई एक कारले अगाडीबाट ठाक्कर दिंदा बाइक चालक घायल भएका छन् भने अभिनेत्रीको घटनास्थलमै मृत्यु भएको छ। कारका चालक फरार रहेको खबर प्राप्त भएको छ। यस खबर आउने वित्तिकै भोजपुरी कला क्षेत्र र फिल्मी जगतमा शोक छाएको छ।

मनिषा रायलाई शर्ट फिल्महरुमा दमदार अभिनय गरिने अभिनेत्री भनेर चिनिन्छ। सामाजिक संजालमा मनिषा रायको फ्यान अचानक यस्तो दुखद खबर सुनेर दुखी भएका छन् ।सामाजिक संजालमार्फत उनीमाथि शोक प्रकट गरिरहेका छन्।

 

Share.

Comments are closed.

error: Content is protected !!