भेनेजुएलामा रिपोटिङ गरिरहेका दुई विदेशी पत्रकार पक्राउ परेपछि विश्वभरका जनताले गरे विरोध

0

पिएनपिखबर, भक्तपुर : एक तर्फ जहाँ संसारभर मिडियालाई समाजको चौथो खम्बा मानेर प्रेस स्वतन्त्र दिएको चर्चा चलिरहको छ भने अर्को तर्फ कयौ यस्ता देशहरु पनि छन जहाँ आज पनि सरकारको सच्चाई जनता समक्ष प्रस्तुत गर्न कयौ चुनौतीको सामना गर्नुपर्दछ । कयौ पटक यसको गम्भीर परिणाम पनि  पत्रकारहरुले भोग्नु परेको छ ।

हालै भेनेजुएलामा पनि यस्तै घटना घटेको छ। ब्रिटेन र अर्जेंटीनाका दुई पत्रकारलाई उनीहरुको रिपोटिङको समयमा गिरफ्तार गरिएको छ। यी पत्रकार भेनेजुएला र कोलंबियाको उत्तर पश्चिमी सीमामा रिपोटिङ गरिरहेका थिए। यसको खबर थाहाँ पाउने वित्तिकै भेनेजुएलाका पुलिसले त्यस स्थलमा पुगेर शुक्रबार गिरफ्तार गरेका थिए। भननेजुएलाको एक प्राइभेट समाचार एजेंसीले एक ट्वीट गरेर यस जानकारीको खुलासा भएको हो। यस खबर आउने वित्तिकै पुरा विश्वभरका व्यक्तिहरुले भेनेजुएला सरकारको यस फैसलाको विरोध गरेका छन्।

यस एजेन्सीको अनुसार गिरफ्तार गरएको दुवै पत्रकार मध्य एक ब्रिटेनको बार्ने ग्रीन हुन् र अर्का पत्रकार अर्जेटीनाकी लरा साराविया हुन् । यी दुवै पत्रकार पर्यटन सम्बन्धी रिपोर्टिंग गर्ने सिलसिलमा विगत दुई वर्ष देखि भेनेजुएलामा बस्दै आएका थिए। भेनेजुएलामा मीडियालाई अभियक्तिको स्वतन्त्रता छैन। यहाँको सरकार मीडिया र जनताको आवाज दबाउनको लागि पुरा विश्वमा बदनाम छ। यस देशलाई वर्ल्ड प्रेस फ्रीडम इंडेक्सको सुचीमा १३७ औ स्थान दिइएको छ।

Share.

Comments are closed.

error: Content is protected !!