भुवन केसीले फेसबुकमार्फत छोरा अनमोललाई दिए यस्तो भावुक शुभकामना

0

काठमाडौं, चैत १८: केहि दिन अघि चर्चित अभिनेता तथा निर्माता भुवन केसीको छोरा अनमोल केसीको थियो । चकलेटी हिरोका रुप चर्चित रहेका युवा स्टार अनमोल अब २४ वर्षमा लागेका छन् । उनलाई उनका फ्यानहरुले सामाजिक संजालमार्फत जन्मदिनको शुभकामना दिएका छन्। यसैक्रममा उनका पिता भुवन केसीले पनि सामाजिक संजाल फेसबुकमार्फत उनलाई जन्मदिनको शुभकामाना दिएका छन् । भुवनले आफ्नो र छोराको सुन्दर तस्विर राख्दै भावुक स्टाटस लेखेर शुभकामना दिएका छन्।

भुवनले स्टाटसमा यस्तो लेखेका छन् ,“थाहा छैन, म तिम्रा लागि असल पिता बन्न सके कि सकिन तर तिमीले आफूलाई यो संसारको सबैभन्दा असल छोरा प्रमाणित गरेका छौ । जन्मदिनको धेरै धेरै शुभकामना अनमोल ।”

अनमोल केसी अभिनित सबै चलचित्रलाई दर्शकहरुको साथ पाएको छ। केहि साताअघि उनि अभिनित चलचित्र ‘कृ’ रिलिज भएको थियो। कृलाई दर्शकहरुको साथ राम्रै मिल्यो। अब उनि आगामी चलचित्र ‘क्याप्टेन’ मा अभिनय गर्दै छन्।

Share.

Comments are closed.

error: Content is protected !!