भुँईभरि छरिएको ४५ हजार पाउनेले फिर्ता गरे पैसा ! हेर्नुहोस यसरी खसेको थियो सडक भरी पैसा

0

काठमाडौँ, १ असोज : पोखराको रानीपौवामा बाटोमा भेटिएको ४५ हजार ५ सय ५० रुपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । पोखराको नवप्रभात स्कुलकी शिक्षिका पार्वता वाग्ले र निर्मला गुरुङले रानीपौवामा भेटेको उक्त रकम म्याग्दीको खिबाङ घर भई फुलबारी बस्दै आएका इन्द्र बहादुर गर्बुजा पुनलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा पैसा भेट्ने शिक्षिका पार्वती वाग्लेले विद्यालयमा नै कार्यक्रमको आयोजना गरिेर विद्यार्थिहरुका अगाडी सो रकम हस्तान्तरण गर्दा सकरात्मक सन्देश जाने भएकाले विद्यालयमा कार्यक्रम गरि रकम हस्तान्तरण गरेको बताउनुभयो । उहाँले अरुको परिश्रम गरेर कमाएको रकम संचारमाध्यमको सहायता लिएर हस्तान्तरण गर्दा आफुलाई खुसी लागेको बताउनुभयो ।

त्यस्तै पैसा भेट्ने मध्येकी अर्की निर्मला गुरुङले आफुलेपनि विगतमा रकम हराएको र त्यो रकम भेट्टाउनेले अन्नपुर्ण एफएममा बुझाएको र आफुले पाएको स्मरण गर्दै आफ्नो सम्पती हराउदाको पिडा आफुलाई अहिलेपनि महशुस भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आगामी दिनमा होसियारी अपनाउन सुझाव दिनुभयो ।रकम हस्तान्तरणका क्रममा रकम खसाल्ने इन्द्र बहादुर गर्बुजाले तिजको बेलामा श्रीमतीलाई कपडा र गहना किन्नको लागि ६५ हजार गोजीमा लिएर दुरसंचार गएर फर्कदा आफ्नो पैसा खसेको बताउनुभयो ।
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!