भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

0

नारायणगढ , बैशाख ३० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट (नेकपा)ले चितवनमा रहेको भाटभटेनी सुपर मार्केटमा बम विस्फोट गराएको छ । ‘नेकपा’ निकटका एकजना स्थानीय नेताका अनुसार नारायणगढस्थित भाटभटेनी सुपरमार्केटको परिसरमा बम विस्फोट गराएका हो ।

नेकपाका कार्यकर्ताले आइतबार बिहान बम विस्फोट गराएका हुन् ।नेकपाले चितवनकै खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट गराएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!