भाइरलबाट प्रभावित एक वर्षमुनिका १७० बालबालिकालाई न्यानो कपडा वितरण

0

जाजरकोट, १३ माघ : यहाँको जुनिचाँदे गाउँपालिकाको विभिन्न वडामा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

सामुदायिक विकास कार्यक्रमद्वारा केही दिन अघि भाइरलबाट प्रभावित भएका एक वर्षमुनिका १७० बालबालिकालाई वितरण गरिएको छ ।

जिल्लाको जुनिचाँदे गाउँपालिका १, २, ३ र ४ का बालबालिकालाई वितरण गरिएको हो । घर, घरमा गएर कपडा वितरण गरिएको कार्यक्रमका मनु घर्तीमगरले बताउनुभयो ।
भाइरल प्रभावित क्षेत्रमा अत्यधिक चिसो हुँदा निकै समस्या भएको गुनासो बढेपछि कपडा वितरण गरिएको हो । रासस

Share.

Comments are closed.

error: Content is protected !!