भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय केसी र गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने

0

काठमाडौँ, १ असोज : भलिबल खेलका राष्ट्रिय रेफ्रीद्वय विजय केसी र विकास गुरुङले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् ।

एशियन अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा उत्तीर्ण गरेसँगै केसी र गुरुङले एशियाली महादेशमा हुने अन्तर्राट्रिय भलिबल प्रतियोगिता खेलाउन पाउने नेपाल भलिबल सङ्घले जनाएको छ। एशियन भलिबल महासङ्घको आयोजनामा भदौ २० देखि ३१ गतेसम्म थाइल्याण्डमा सञ्चालन भएको एशियालीस्तरको रेफ्री कोर्ष पूरा गरेपछि केसी र गुरुङले अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता पाएका हुन् ।
–रासस

Share.

Comments are closed.

error: Content is protected !!