भन्सालीका विवादित पाँच चलचित्र ! किन भन्सालीका सबै चलचित्र विवादित ? यस्तो छ कारण

0

संजयलीला भन्सालीले निर्माण गरेको चलचित्र ‘पद्मावत’ धेरै विवादपछि बिहीबारदेखि प्रदर्शनमा आएको छ । तर, भन्सालीले निर्माण गरेको चलचित्र ‘पद्मावत’ मात्रै विवादमा आएको भने होइन । उनका पछिल्ला चलचित्र हेर्ने हो भने अधिकांश चलचित्रले विवादको सामना गरेका छन् ।

१. पद्मावत :
भन्सालीको नयाँ चलचित्र ‘पद्मावत’ को ट्रेलर सार्वजनिक भएदेखि नै यस चलचित्रले विवादको सामना गर्दै आएको छ । भन्सालीमाथि जानी–जानी एक समुदाय विषेशको भावनामा चोट पुग्ने चलचित्र निर्माण गरेको आरोप लाग्दै आएको छ ।

यो चलचित्रको नाम सुरुमा ‘पद्मावती’ राखिएको थियो । तर, विवादले उग्र रुप लिएपछि यसका केही दृश्य काट्दै चलचित्रको नाम ‘पद्मावत’ राखिएको थियो । चलचित्रका दृश्य काटे पनि विवाद भने जस्ताको त्यस्तै छ ।

२. बाजिराव मस्तानी :
१७ औँ सताब्दीका शासक पेशवा बाजिराव द्वितीयको जीवनीमा आधारीत चलचित्रलाई लिएर पनि भन्सालीले विवादको सामना गर्नु परेको थियो । यस चलचित्रमा भन्सालीले चलचित्रका दुई पात्र काशीबाई (प्रियंका) र मस्तानी (दीपिका) काबीचमा ‘पिंगा’ बोलको एउटा गीत राखेका थिए ।

राजघरानाले पेशवाईमा शाही महिला यसरी नाच्दैनथे भन्दै आपत्ति जनाएको थियो । पेशवा बाजिरावका वंशजले बाजिराव र मस्तानीबीच एक पटक मात्रै भेट भएको बताएका थिए । यति विवाद हुँदा पनि चलचित्र प्रदर्शनमा आएको थियो । जसले राम्रो कमाई गरेको थियो ।

३. गोलीयों की रासलीला :
भन्सालीले ‘बाजिराव मस्तानी’ भन्दा पहिले रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर ‘रामलीला’ चलचित्र निर्माण गरेका थिए ।

यस चलचित्रको नाम सार्वजनिक भएपछि चलचित्रको नामलाई लिएर यस्तो विवाद सुरु भयो की भन्सालीले चलचित्रको नाम परिवर्तन गरेर ‘गोलीयों की रासलीला’ राखे । यस चलचित्रमा चलचित्रका मुख्य पात्रको उपनाम ‘जडेजा’लाई राजपुत समुदायले विरोध गर्‍यो । त्यसपछि ‘सनेडा’ र ‘राजाडी’ उपनामको प्रयोग गरे ।

४. गुजारीश :
ऋतिक रोशन र ऐश्वर्या रायको प्रमुख भुमिका रहेको यस चलचित्रलाई लिएर सलमान खानले आपत्तिजनक बयान दिएका थिए । यसका अलावा निर्माताले चलचित्रको कहानी चोरेको आरोप लगेको थियो ।

५. देवदास :
भन्सालीले निर्माण गरेको चलचित्र ‘देवदास’को गीत ‘डोला रे डोला रे…’लाई लिएर विवाद सुरु भएको थियो । ‘देवदास’उपन्यासमा आधारित चलचित्र हो ।

देवदासमा पारु र चन्द्रमुखीबीच भेट भएको थिएन तर यस गीतमा माधुरी दिक्षित र ऐश्वर्या रायलाई एक साथ नृत्य गरेको देखाइएको छ । भन्सालीले बुझेर पनि यस्तो विषय छान्ने गरेको आरोप लाग्दै आएको छ । जसले गर्दा उनको चलचित्र सधैँ विवादमा आउने गरेको छ । एजेन्सीको सहयोगमा

Share.

Comments are closed.

error: Content is protected !!