भगौडा कैदी टिके र प्रहरीबिच गोली हानाहान

0

काठमाडौं, १३ माघ । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भनिने टिकाबहादुर थापामाथि प्रहरीले गोली हानेको छ । टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि गोली चलाएपछि महानगरीय अपराध महाशाखाको टोलीले जवाफी फायरिङ गरेको एसएसपी दिवेश लोहनीले बताए ।

घटनास्थलमा रहेका चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनको भरतपुर अस्पतालमा उपचार भइरहेकेा छ । उनी ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए । थापा काठमाडौंमा चोरी, लुटपाट र डकैटी सम्बन्धी घट्नामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!