नि :शुल्क प्रवेशको व्यवस्थासहित भक्तपुरमा बाबा एजुकेशनको इन्फो सेसन सुरु [भिडियो रिपोर्ट]

0

भक्तपुर, जेठ ३: अस्ट्रेलिया अध्ययनमा जान चाहने नेपाली विद्यार्थीका लागि सुरु भएको “बाबा इन्फो सेसन -२०१८” भक्तपुरको सुर्यबिनायकमा भव्य रुपमा संचालनमा आएको छ। सी-बर्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल ज्ञानजंग श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा बाबा एजुकेशन कन्सलटेंसीका निर्देशक रबिन्द्र शर्मा र बजार व्यवस्थापक अमृत शर्मा समेतको सहभागिता रहेको थियो।

अस्ट्रेलिया अध्ययनका लागि शैक्षिक परामर्श दिदै आएको बाबा एजुकेशन कन्सलटेंसीले नेपाली विद्यार्थीलाई धेरै भन्दा धेरै शैक्षिक जानकारी दिने उधेश्यले अस्ट्रेलियाका प्रतिष्ठित कलेजका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम संचालन गरिएको बजार व्यवस्थापक अमृत शर्माले जानकारी दिनुभयो ।

अष्ट्रेलिया जाने नेपाली बिद्यार्थीहरु त्यहाँ पुगिसकेपछि भाडा माझेर आर्थिक जोहो गर्नुपर्ने यथार्थलाई स्वीकार्दै शर्माले आगामी दिनमा तल्लो स्तरको काम गर्न नपरोस भनि विद्यार्थी संगसंगै अभिभावकलाई समेत परामर्श दिने उद्येश्यले यो कार्यक्रम संचालन गरिएको निर्देशक रबिन्द्र शर्माले बताउनुभयो ।


विद्यार्थीले प्रत्यक्ष रुपमा सम्बन्धित कलेजका प्रतिनिधिहरुसग भरपुर सुचना लिन सक्ने भएकोले उक्त सेसन आगामी इन्टेकमा जाने विद्यार्थीहरुलाई बढी लाभदायी हुने उहाको ठम्याई रहेको छ।

बिगत १० वर्षदेखि अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीको लागि बाबा एजुकेशन कन्सल्टेन्सीले हरेक कुरामा आवश्यक सहयोग गर्दै आइरहेको उहाले बताउनुभएको छ। विद्यार्थीलाई नि :शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त सेसन बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन हुने छ ।

बाबा एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बास्डरमा हास्य टेलिश्रृखला भद्रगोलका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ रहेका छन । यसअघि काठमाडौँमा जेष्ठ १ गतेका दिनमा कार्यक्रम सम्पन्न भैसकेको छ भने जेष्ठ ६ गते पोखरामा संचालन हुने छ।

 

Share.

Comments are closed.

error: Content is protected !!