बोको हरामले छोडिदियो अपहरण गरेको एक सय १० छात्रालाई

0

चैत ७: एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ ।

छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँच जना छात्राको हत्या भएको बीबीसीले जनाएको छ ।

बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरियको दाप्चीबाट छात्राहरुलाई अपहरण गरिएको थियो । बोको हरामले उनीहरुलाई अपहरण गर्नुअघि दाप्चीमा आक्रमणसमेत गरेको थियो ।

नाइजेरियामा विद्यालयबाटै छात्राहरुको अपहरण भएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१४ को अप्रिलमा बोर्नो राज्यबाट चिबोक समुदायका छात्राहरुको अपहरण भएको थियो । अपहरण भएकामध्ये केहीलाई त अझसम्म पनि छोडिएको छैन ।

Share.

Comments are closed.

error: Content is protected !!