बैशाखमा आउने रेखा थापाको ‘हिरो रिटर्न्स’

0

पुस ९, काठमाडौँ। नायिका रेखा थापाद्धारा अभिनित फिल्म ‘हिरो रिटर्न्स’ २०७५ को बैशाखमा रिलिज हुने भएकमो छ । अभिनेता तथा निर्माता सविन श्रेष्ठले बैशाख २८ गते फिल्म रिलिज हुने बताएका हुन् । फिल्ममा सविनसँगै रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु लगायतको अभिनय छ । नायिका रेखा थापा हिरो फिल्मबाट नेपाली सिनेमा उद्योगमा डेब्यु गरेकी थिईन् ।

जसमा उनले राजेश हमालसँग जोडि बाँधेकी थिइन् । अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको कुरालाई सत्य भन्दै त्यसमा पनि केहि कुराहरु चित्तबुझ्दो ननिस्केको र ‘रि सुट’को आवश्यकता देखिएपछि रिलिजमा केहि अन्तर देखिएको बताए । उनका अनुसार फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका छन् भने शिवम अधिकारीको कथा लेखेका छन् ।

दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ । चन्द्र गौतम यो फिल्ममा कार्यकारी निर्माता हुन् । सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ‘हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!