‘बेचीदिन्थे यो जवानी किन्ने कोहि भै दिए’ भन्दै नायिका प्रियंका कार्की, ‘मट्टी माला’ गीत रिलिज

0

पिएनपिखबर। जेठ ९, बुद्धि तामांग हैट र रजनी गुरुंग मंगलीको मुख्य भूमिका रहेको चलचित्र ‘मट्टी माला’ को आइटम गीत ‘बेचीदिन्थे यो जवानी’ सार्वजनिक भएको छ । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्रको आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी गित सार्वजनिक गरिएको हो।

उक्त सार्वजनिक गीतमा नायिका प्रियंका कार्कीको दमदार नृत्य देख्न सकिन्छ। गीतमा प्रियंकासंगै बुद्धि तामांग हैट, पृथ्वी राई, शिशिर राणा लगाएतका कलाकारलाई फिचररिंग गरिएको छ।

गीतमा बबिना किराती र बिक्रम राइको स्वर रहेको छ भने संगीत भर्ने काम सुमन राइले गरेका छन्। जानु कमबंग लिङ्गदेनको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको चलचित्र पौरखी फिल्मसको ब्यानरमा बनेको हो । प्रविण राईको लगानी रहेको ‘मट्टी माला’लाई राहुल राईले छायाँकन गरेका हुन्।

चलचित्रमा हैट, मंगली,प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा र दीपक आचार्य आदि कलाकारको अभिनय रहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!