बिष्णु माझीको ‘मनको दियो’ ले साङ्गितिक बजार धमाका मच्चाउदै हेर्नुस भिडियो सहित

0

काठमाडौँ, ३० पुस : नेपाली सांगितिक क्षेत्रमा विरही मनका यथार्थ भावहरु समेटिएका गीतहरुमा निरन्तर रुपमा स्वर दिँदै आएकी गायिका विष्णु माझी र विदेशी भुमिमा रहेर पनि नेपाली संगितको क्षेत्रमा आफनो कर्णप्रिय गीत ल्याउने गायक अमृत बाबु रोकायाको सुमधुर आवाजमा स्वरबद्ध लोकदोहोरी भाका “मनको दियो ” आजबाट बजारमा आएको छ । माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ ।

उक्त गीतमा गायीका विष्णुमाझीले मन भित्र बलेको दियोलाई शान्त पार्नको लागी गायक अमृतलाई आग्रह गरेकी छन । यस गीतमा आफनो मायालुलाई विदाई गर्दाको यर्थाथ चित्रण गरिएको छ । विदेशीएको आफनो प्राण प्यारो जिवनसाथीलाई मुल बाटो कुर्दाको भावहरु गीतको भिडियोमा देख्न सकिन्छ । बावु खड्काको सर्बाेकृष्ट शब्द तथा खड्का स्वयम र राज विश्वकर्माको उत्कृष्ट संगित संयोजनमा विरहीका भावहरुलाई आफनै पनको आभास दिने शब्दका रुपमा सिर्जनशिल भावहरु भिडियोमा रहेको छ । मनको दियोको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, अमर शाक्यको सम्पादन, कपील लामाको निर्देशन, विमल अधिकारी र अञ्जिली अधिकारीको अभिनय रहेको छ ।

“मनको दियो ”को भिडियो हेर्नुस् :

Share.

Comments are closed.

error: Content is protected !!