बाह्र जुवाडे पक्राउ

0

घोराही, ६ असोज : जिल्ला प्रहरी कार्यालय दाङले बाह्र जना जुवाडेलाई आज घोराही १४ कपासीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तीन थान तासको गड्डी र रु दुई लाख ८९ हजार १०० सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!