बालाधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध

0

महेन्द्रनगर, धनुषा, ९ जेठ : प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको बालबालिकाको अधिकारसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा मुख्यमन्त्री राउतले आगामी दिनमा ऐनकानूनको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारका तर्फबाट गराइने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि प्रदेश सरकार विषयमा तथा मन्त्रालयका सचिव डा किरण रुपाखेतीले बालअधिकारको संरक्षण र प्रवद्र्धनका लागि भविष्यको कार्यदिशा विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

Share.

Comments are closed.

error: Content is protected !!