बालाजुमा रक्सी पिएका दुई समूहबीच खुकुरी हानाहान, तीन जना घाइते

0

काठमाडौँ : शनिबार काठमाडौँको बालाजुमा चोकनजिकै ‘ग्याङफाइट’ भएको छ । गएराति रक्सी पिएका दुई समूहबीच खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारबाट तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । राती साढे ९ बजेतिर भएको झगडामा सुरज थापा, सुरज लामिछाने र मानबहादुर घले घाइते भएका हुन्।

थापाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले जानकारी दिए । घाइतेमध्ये लामिछाने बसका चालक हुन् भने अन्य दुई सहचालक हुन्। आक्रमणमा संलग्नहरुको प्रहरीले खोजी गरिरहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!