बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

0

माघ १२: बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ । आफ्नै शहरको प्रतिद्वन्द्वी स्पान्योललाई समग्रमा २–१ ले हराउँदै बार्सिलोनाले अन्तिम चारको यात्रा पक्का पारेको हो । पहिलो लेगमा १–० ले पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा २–० को जित हात पार्‍यो ।

क्याम्प नोउमा भएको दोस्रो लेगमा घरेलु टिमको जितमा लियोनेल मेसी र लुइस स्वारेजले १–१ गोल गरे । एलेक्स भिडलको पासको सदुपयोग गर्दै लुईस स्वारेजले नवौं मिनेटमा नै बार्सिलोलाई अग्रता दिलाउँदै समग्रमा १–१ को बराबरीमा पु¥याए ।

२५औं मिनेटमा स्पान्योलको कमजोर डिफेन्सको फाइदा उठाउँदै लियोनेल मेसीले लेफ्ट फुटेट सट गोलमा परिणत भयो । पहिलो हाफ अघि मेसी र स्वारेज दुवैले खेलमा ३–० को अग्रता लिने मौका गुमाएका थिए ।

सेमिफाइनल प्रवेशका लागि स्पान्योललाई एक गोलको आवस्यकता रहँदा दोस्रो हाफमा बार्सिलोनाले खेलमा दवाव बनाएको थियो । तर पनि गोल भने गर्न सकेन ।

लामो समयको प्रतिक्षापछि फिलिपे काउटिन्होले बार्सिलोना डेब्यु गरेका छन् । लिभरपुलबाट यसै सिजन १४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका काउटिन्हो तिघ्राको इन्ज्युरीका कारण खेल्न पाएका थिएनन् । स्पान्योल विरुद्धको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!