बार्सासँग गरिएको भनिएको सम्झौता झुठो : ग्रिजम्यान

0

एजेन्सी। फ्रान्सेली स्टार तथा एथ्लेटिको मिड्रडका स्टार स्ट्राइकर एन्टोनी ग्रिजम्यानले आफूले बार्सासँग त्यहाँ जाने सम्झौता नगरेको बताएका छन् । ग्रिजम्यानले उनी बार्सा जाने पक्का भएको समाचारहरु हल्लामात्र भएको बताएका हुन् । केहि हप्तायता ग्रिज म्यान बार्सा जाने हल्लाहरु चलेका थिए ।

उनले बार्सासँग त्यहाँ अनुबन्ध हुने कुनै किसिमको सम्झौता नगरेको पनि स्पष्ट पारे । उनले स्पेनको खेलकुद सम्बन्धी कार्यक्रम टेलिफुटमा भने “मलाई थाहा छैन्, यस्ता हल्लाहरु कहाँबाट आउँछन् । म बार्सा जाने भनिएका समाचारहरु सबै झुठा हुन् ।”

यद्यपी उनले अर्को सिजन कुन क्लवबाट खेल्ने–नखेल्ने बारे केहि बताएका छैनन् । यसअघि ग्रिज म्यानले विश्वकप फुटबल अघिनै अर्को सिजन कुन क्लवबाट खेल्ने भन्नेबारे आफुले बताउने बताएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!