बाबुको मुख हेर्ने औंसीको दिन भवानी माताको विशेष शक्ति प्रदर्शन [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। भवानी माता जो पछिल्लो समय एकदमै चर्चामा छिन् उनको एक मन्दिर बनाउने इक्षा थियो। यो भन्दा अघिल्ला अन्तर्वार्तामा उनले मन्दिर बनाउन सहयोग गरिदिनुहुन आफ्ना भक्तजनलाई आग्रह गरेकी थिइन्। थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेझै भक्तजनको धेरथोर सहयोगले उनले आफ्नो घरको प्राङ्गणमा मन्दिर बनाएकी छिन्।

सोहि मन्दिरको उद्घाटनमा उनले भर्खरै मात्र कलश यात्रा सम्पन्न गरेकी छिन्। नालामा स्थित करुणा माईको मन्दिर देखि धनेश्वोर स्थित धनेश्वोर मन्दिर सम्म कलश यात्रा गरिएको थियो। आफ्नो कृपालु भक्तजनको सहयोगमा बनेको उक्त मन्दिरमा थुप्रै भक्तजनको भिड लागेको थियो।

उक्त मन्दिर उद्घाटन कार्यक्रममा माताले अन्य गुरुलाई सम्मान स्वरुप दुवोको माला पहिराहेकी थिइन्। उनी स्वयम् पनि त्यो दिन सजिएर आसानमा बसेकी थिइन्।

सबैले मातालाई भवानी माता भनेर पुज्छन्। उनको घरमा रोग निको हुने विश्वास लिएर, नबनेको काम बनाउन थुप्रै भक्तजन आउने गर्दछन्। प्राय जसो बिहान माताको घरमा भक्तजनको एकदम भिड हुन्छ। उनको मन्दिर उद्घाटन भए पछि त झन् उनको नाम अझै धेरै भक्तजनमाझ चर्चित भएको छ।

Share.

Comments are closed.

error: Content is protected !!