बाँदरको पिसाबले बचायो एकै परिवारका ३० सदस्यको ज्यान !

0

एजेन्सी : विश्वमा सधै केहि न केहि यस्ता घटनाहरु  घटिरहेका हुन्छन जुन सुन्दा आश्चर्य लाग्छ । त्यस्तै एक रोचक घटना ब्यांगलोरमा घटेको छ। त्यहाँ एक बाँदरको पिशाबका कारण एकै परिवारका तीस सदस्यको ज्यान बचेको छ। यो सुन्दा सबैलाई अनौठो लाग्न सक्छ । तर यो साँचो हो।

गत शनिबार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठानका लागि एक परिवारका तीस सदस्य पुगेका थिए । कावेरी नदीमा पवित्र स्नान गरिसकेपछि उनीहरु सबै एउटा आपको रुखमुनी बसे । उनीहरु त्यहाँ बसेको पाँच मिनेट पनि नवित्त्दै रुखमाथि बसेको बाँदरले तल बसेका मानिसहरुमाथि पिशाब गर्यो । त्यसपछि रिसाउँदै तल बसेका परिवारका सदस्यले बाँदरलाई गाली गर्दै त्यहाँबाट गए । तर तीन जना अन्य जो रुखमुनी दोस्रातिर बसिरहेका थिए ।

अचानक आपको त्यो विशाल रुख ढल्यो, जसको तल रहेका तीन जना च्यापिए । यिनीहरुमा एक ४० वर्षीय रन्तामाको ज्यानै गयो । र दुई जना २५ वर्षीय दक्षिणी र १० वर्षीय पुनुइता घाइते भइन् । एक सदस्यको मृत्युपछि परिवारका अन्य सदस्य दुःखी थिए तर, साथै त्यो बाँदरप्रति आभारी पनि थिए जसलाई केही समयअघि गाली गरिरहेका थिए ।

खबरअनुसार परिवारका एकजना सदस्यले भनेका छन् बाँदरले पिशाब गर्दा हाम्रो पुरै परिवार बाँच्यो । यसबाट के संदेश मिल्छ भने बादरले दुख मात्र दिदैन कुनै समय मान्छे कै ज्यान बचाउन सक्छ ।

Share.

Comments are closed.

error: Content is protected !!