बहादूर पिताले बच्चालाई पढाउन २ वर्षसम्म पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण

0

एजेन्सी : भारतका हिमाली भेगको अत्यन्तै विकट स्थानमा बस्ने सबै स्थानीयवासीहरु दैनिक सुविधाको अभावमा गाउँ छाडेर गएका छन्। तर एक बहादूर जलन्दर नायक नाम गरेका पिताले भने हिम्मत हारेनन् ।

आफ्ना तीन छोरालाई पढाउन २ वर्षसम्म दैनिक पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण गरेको छ । आफ्ना छोराहरु नजिकैको शहरमा पढ्ने भएकाले उनीहरुका लागि सुरक्षित बाटो निर्माण गर्न उनले दुई वर्षदेखि लगातार ८ घण्टा काम गर्ने गरेको भारतीय सञ्चार माध्यममा रहको छ । जलन्दर नायक व्यक्ति ओढिसा गुमसाहीका एकमात्र वासिन्दा हुन् । उनले केबल हम्मर र बेल्चाको प्रयोग गरेर ८ किलोमिटरसम्मका चट्टानहरु फुटाई शहरसम्म पुग्ने बाटो निर्माण गरिसकेको बताइएको छ ।

आफ्ना तीन छोराले सजिलैसँग विद्यालय जान पाऊन् भन्ने मनसायले उनले यस्तो काम थालेको उनको भनाइ छ । उनको लक्ष्य अझै तीन वर्षसम्म यसैमा लागि परेर १५ किलोमिटरसम्मको बाटो बनाइ गाउँलाई नजिकैको फुलबानी शहरसम्म जोड्नु रहेको उनले बताए ।

Share.

Comments are closed.

error: Content is protected !!