बसको ठक्करबाट साइकलयात्रीको मृत्यु, चार घाइते

0

चितवन, ३० फागुन : पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १० स्थित हरिहर मन्दिर चोकमा आज साँझ बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको बा३ख २३५४ नंको बसले रत्ननगर– १ का ७४ वर्षीय रेशमबहादुर कार्कीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बसको ठक्करबाट अन्य चार जना पैदलयात्रीसमेत घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ढकालले जनकारी दिनुभयो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!