बलिउड अभिनेता गोबिन्दा नेपालमा, एयरपोर्टमै भए भाबुक [भिडियो सहित]

0

काठमाडौँ, ३० भदौ : यसअगाडि २-३ वटा चलचित्रको छायांकनका लागि नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका छन् । बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै नेपालबाट आफूलाई धेरै नै प्रेम मिलेको बताए ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दले भने-‘मलाई जति पनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । यसपटक म एक अवार्ड समारोहका लागि आएको छु ।’ गोविन्दाले कला र कलाकारलाई जनताले दिने प्रेम विशेष हुने उनको भनाई थियो । पालका ज्वाईं साहेप बलिउड नायक गोबिन्दा नेपालमा, एयरपोर्टमै भए भाबुक हेर्नुहोस् भिडियो…

Share.

Comments are closed.

error: Content is protected !!