बलिउडमा ऐश्वर्या सबैभन्दा महँगो अभिनेत्री, ऐश्वर्याले मागिन १० करोड

0

मुम्बई : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै ‘फन्ने खाँ’मा सक्रिय भइन् ।

उनको फिल्म आगामी इदमा रिलिज हुँदै छ, जसको टक्कर सलमानको ‘रेस ३’सँग हुनेछ ।

अभिनेत्री ऐश्वर्यालाई लगातार फिल्मको प्रस्ताव आइरहेको छ । हालै उनलाई नर्गिस अभिनित फिल्म ‘रात और दिन’को रिमेकका लागि प्रस्ताव आएको छ । स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भूमिका छ ।

फिल्मको पारिश्रमिकको कुरा उठ्यो, तब ऐश्वर्याले १० करोड रुपैयाँ माग गरिन् । उनको ‘रेट’ सुनेर सबै चकित परे । यति पारिश्रमिक अहिले बलिउडमा सबैभन्दा चलेका अभिनेत्रीको पनि छैन ।

ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भइन् । दोहोरो भूमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करोड दिन आफू राजी भएको अरोराले बताएकी छिन् ।

Share.

Comments are closed.

error: Content is protected !!