बलात्कारको अभियोगमा पचास वर्षको सजाय पाउन लागेका यी व्यक्तिलाई मुक्ति दियो कुकुरले

0

बलात्कारको आरोपमा ५० वर्षको जेल सजाय पाउन लागेका एकजना मानिसका लागि एउटा कुकुर भगवान सावित भएको छ ।

अमेरिकाको ओरेगनमा अदालतबाट गत वर्ष बाल यौन शोषणको मुद्दामा दोषी ठहर भएका जोशुआ हार्नर नामका व्यक्तिको जिवनमा एउटा कुकुरका कारण नयाँ मोड आएको छ । लुसी नामक लाब्राडोर जातको कुकुरका कारण उनी जेलमुक्त भएका छन् ।

हार्नरमाथि एकजना बालिकालाई यौन शोषण गरेको अभियोग थियो । पीडित भनिएकी बालिकाले आफूमाथि यौन दुव्र्यवहार गर्नुका साथै हार्नरले लूसी कुकुरलाई पनि गोली हानी मारेको दाबी गरेकी थिइन् । तर सो कुकुर एकजना नयाँ मालिकसँग जिवितै पाइएपछि हार्नरले सफाई पाए ।

हार्नरले अदालतमा बयानका क्रममा आफूमाथिको यौन दुव्र्यवहार तथा कुकुर मारेको आरोप अस्वीकार गर्दै आएका थिए । कुकुर जिवितै रहेको र आफूले गोली नहानेको उनको दाबी थियो ।

अन्ततः लूसी कुकुरको खोजतलासका क्रममा ओरेगन कोस्टमा एकजना नयाँ मालिकको साथमा लूसी फेला पर्यो ।

कुकुर जिवित पाइएपछि हार्नरमाथि लागेको अभियोग झुटो भएको सावित भयो । पीडित भनिएकी बालिकाले हार्नरमाथि गलत आरोप लगाएको पुष्टि भएपछि उनलाई रिहा गरियो । बीबीसी

Share.

Comments are closed.

error: Content is protected !!