बन्चरो प्रहारबाट घाईते लिम्बुको उपचारको क्रममा मृत्यु

0

ताप्लेजुङ, ९ जेठ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेमा छिमेकीको बन्चरो प्रहारबाट एक युवकको ज्यान गएको छ । सामान्य विवादको क्रममा स्थानीय डम्बर लिम्बुले बन्चरो प्रहार गर्दा घाईते भएका स्थानीय ३५ वर्षीय किशोर लिम्बुको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो सामान्य विवाद पछि तेही साँझ डम्बर लिम्बुले किशोरमाथि बन्चरो प्रहार गरेका थिए। घटना लगतै उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगेका घाईते लिम्बुको त्यहाँ उपचार सम्भव नभए पछि मंगलबार विहान विराटनगर स्थित नोवेल अस्पताल रेफर गरिएको थियो । लिम्बुकोउपचारकै क्रममा मंगलबार मृत्यु भएको हो भने बन्चरो प्रहार गर्ने लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Share.

Comments are closed.

error: Content is protected !!