बधशाला दुई वर्षभित्र सञ्चालनमा ल्याइने

0

विराटनगर, १ असोज : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बधशाला दुई वर्षभित्र सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

विराटनगर महानगरपालिका– ८ मा आधुनिक बधशाला निर्माण गर्न चालु आर्थिक वर्ष २०७५÷७६ मा रु एक करोड २० लाख विनियोजन गरिएको पराजुलीले जानकारी दिनुभयो । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले उपभोक्तालाई गुणस्तर मासु उपभोग गर्न आधुनिक बधशाला आवश्यक भएको बताउनुभयो ।

हेफरका कार्यक्रम प्रबन्धक दिपेश पोखरेलले स्वस्थ्यकर मासुका लागि बधशाला आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लामा मासु खपतको अवस्थाबारे जानकारी गराइएको थियो । विराटनगर, इटहरी र दुहवीमा गरी दैनिक पाँच हजार ५१४ किलो मासु खपत हुने गरेको बताइएकोे छ ।
–रासस

Share.

Comments are closed.

error: Content is protected !!