बडीगाड खोला थुनियो, स्थानीय रातभर जाग्राम

0

बाग्लुङ, भदौ ३० : बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिएको हो । कुनै पनि बेला बाँध फुट्ने र विपत्ती आउनसक्ने भन्दै सीमा क्षेत्रका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् ।

बाग्लुङका एसपी दीपक रेग्मीले खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको बताए । खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने स्थानीयको भनाइ छ ।

Share.

Comments are closed.

error: Content is protected !!