बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति सार्क महासचिव सियालद्वारा समवेदना

0

काठमाडौँ, २९ फागुन : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई आज बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस–बंगला विमान सोमबार अपराह्न अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त दुर्घटनामा नेपाली र बंगलादेशी नागरिक गरी ५१ जनाको मृत्यु भएको छ । रासस

Share.

Comments are closed.

error: Content is protected !!