फ्यानले खोपाए छातीमा राजेश हमालको ट्याटु

0

कलाकारहरुका फ्यानहरु धेरै हुने गर्दछन जसमा कोहि अत्तिनै पागल फ्यान पनि हुने गर्दछन, जो आफ्नो सेलिब्रेटीका लागि जुन हदसम्म पनि जान सक्दछन । चलचित्र क्षेत्रमा सक्रिय महानायक राजेश हमाल कुनैबेला पोस्टरमा उनको अनुहारमात्र देखाउँदा पनि सुपरहिट चलचित्र दिएका राजेश अहिले भने टेलिभिजनतिर रमाईरहेका छन् ।

सुपरस्टार राजेश हमालका फ्यानहरु पनि अनगिन्ती छन् । ५० बर्ष नाघिसकेका राजेश अहिले पनि कुनै सार्वजनिक स्थानतिर जाँदा फ्यानहरुले घेरिने गर्छन् । त्यसैमध्येका एक फ्यानले उनको तस्विरको ट्याटु छातीमा बनाएका छन् । राजेशले इंस्टाग्राममा सेयर गरेको यो फोटोको क्याप्सन उनले ‘हाउ कुल इज द्याट’ भनेर दिएका छन् ।

राजेशले सार्वजनिक गरेको तस्विरमा उक्त युवकले एकापट्टी छातीमा राजेश हमाल र अर्कापट्टी छातीमा अर्कै एक सेलिब्रेटीको फोटो छ । उक्त सेलिब्रेटीको अनुहार भने राजेशले सेयर गरेको फोटोमा देखिएको छैन । छातीमा ट्याटु खोप्ने युवकको बारेमा राजेशले अरु केहि पनि लेखेका छैनन् ।

Share.

Comments are closed.

error: Content is protected !!