फेसबुक पछि गूगललाई लाग्यो एनरोइड फोन यूजर्सको डाटा चोरीको आरोप

0

क्याम्ब्रिज एनालिटिकाद्वारा फेसबुक डाटा छोरि काण्ड अहिले भर्खर भर्खरै मात्र सेलाउदै छ। तर यो काण्ड सेलाउन नपाउदै गूगललाई पनि एनरोइड यूजर्सको डाटा चोरी गरेको आरोप लागेको छ। गूगललाई आरोप लागेको छ कि गुगलले अस्ट्रेलियामा १० मिलियन यूजर्सको डाटा चोरी गरेको छ र यो तथ्य ट्रयाक मार्फत पत्ता लागेको हो।

सफ्टवेयर कंपनीका एक कामदारको अनुसार गूगलले हरेक महिना एक युजर्स मार्फत १ जीबी जतिको डाटा चोरी गरेको छ सोहि डाटा विज्ञापनदाताहरु माझ पुराइरहेको छ । यसै डाटाको सहयोगमा एनरोइड मोबाइल यूजर्सको मोबाइलमा धेरै प्रकारको विज्ञापन देखाइन्छ। यसैकारण अस्ट्रलिया प्रतिस्पर्धा र उपभोक्ता आयोगले यसको सत्यतथ्य जाँच गर्दै पनि छ।

ओरेकलले गूगललाई आरोप लगाएको छ कि गुगलले फोनमा सिम कार्ड र लोकेसन अफ हुँदा पनि यूजर्सको लोकेशन ट्रयाक गरिरहेको छ। यो बाहेक ओरेकलले यो पनि भनेको छ कि गूगल एनरोइड फोनको आईपी एड्रेस, मोबाइल टावर र वाई-फाई कनेक्शन मार्फत पनि यूजर्सको गतिविधिहरु हेरिएको छ। कंपनीले आफ्नो एक प्रिजेनटेशनमा भन्यो कि गूगल एनरोइड डिवाइसको बैरोमीटरको सहयोगले हावाको दवाव मार्फत पनि यूजर्सको लोकेशन ट्रयाक गरिएको छ ।

यसै आरोपमा गूगलले जवाफ दिदै भनेको छ कि यो सब गर्न यूजर्सको अनुमति लिईएको हुन्छ। गूगलले भन्यो कि यो सब गुगलको प्राइवेसी पोलिसी हो। गूगलको भनाइ अनुसार एनरोइड फोन यूजर्सको जति पनि जानकारीहरु जम्मा पारेको छ त्यसमा व्यक्तिगत जानकारी, डिवाइसको जानकारी, लोगोको जानकारी र स्थानको जानकारी पर्दछ।

Share.

Comments are closed.

error: Content is protected !!