फेसबुकमा यस्तो स्टेटस लेखेर गीतकार सन्तोष बानियाँले गरे आत्महत्या [स्टेटससहित]

0

नेपाली लोक दोहोरी क्षेत्रका एक होनहार सर्जक सन्तोष बानियाँको मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। गोरखा नयाँसाँघु स्थायी घर भएका बानियाँ केहि बर्ष देखि मलेशियामा बस्दै आएका थिए।

कामकै सिलसिलामा मलेसिया पुगेका बानियाँ १५ घण्टा सम्म सम्पर्कमा नदेखिए पछि कलाकारहरुले खोजि गर्दै जादा उनी झुण्डिएको अबस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ। पासोमा झुण्डिएका बानियाँको टिसर्ट्मा आफ्नो छोरीको तस्बिर बनाएका थिए ।

परिवारको सदस्य उनको बुबालाई मेरो अन्तिम बोलि भन्दै उनले आफ्नो फेसबुकबाट भोइस म्यासेज छाडेर आत्महत्या गरेको भन्ने खबर बाहिरिएको छ तर अझै पृष्टि हुन बाँकी छ।उनि संगै रहेको साथीले तत्काल नेपालमा सम्पर्क गरि मृत्यु भएको खबर सुनाएको थिए।

डोरी लगाएर आफ्नै सुत्ने कोठामा झुन्डिएको अबस्थामा फेला परेको खबर बाहिरिएको हो। उनको सब ४ दिन पछि नेपाल ल्याउने पारिवारिक श्रोतले लालिगुराश डटकमलाई जानकारी दिएकी हुन। तर उनको परिवार भने मिडियामा अझै सम्पर्क बिहिन छन। सम्पर्क गर्न खोज्दा सबैको मोबाइल अफ छ ।

शनिबार उनको नयाँ गीत ‘विरह’ सार्वजनिक भएको थियो । यसअघि उनको सिर्जनामा ‘साथी बनेर’, ओइलिएको फूललाई शिरमा’, ‘टुहुरी’, ‘मेरो पालो कैले’ जस्ता गीतहरू बजारमा आएका थिए । बानियाँ एक कुशल गीतकार हुन् ।

यस्तो थियो सन्तोष बानियाँको फेसबुक स्टाटस

”जब आखै अगाडिका सत्यहरू झुट साबित भैदिन्छन्,तब जिउनु को के अर्थ छ र ? जब आफ्नो मान्छेनै आफूसँग नरहेसी जिउनुको के अर्थ रहन्छ र ? न रहन्छ बाँस न बज्छ् बाँसुरी बिरह ”

”कहिलेकाहिँ त सोच्छु बाँच्नैको लागि किन यति धेरै संघर्ष हो र आखिरको बन्यो र अमर अजर ?? एक दिन मर्नु छ भने या बरू !!! जे होला होला ! मरिदिन्छु ! हैट, भोलिसम्म त जसरी नि बाँच्नुपर्छ बिरह हेर्नू परो नि !”

Share.

Comments are closed.

error: Content is protected !!