फेरी घट्यो फेवा तालको नहरमा डरलाग्दो घटना, यस्तो अबस्थामा भेटियो महिलाको शव (भिडियो)

0

कास्की : पोखरामा पछिल्लो समय आत्महत्याका कारण ज्यान जानेको संख्या बढ्दै गएको छ । विशेषतः पोखराको सेती नदी र फेवाताल लगायत बेगनास तालमा यस्ता अकल्पनीय घटनाहरू हुँदै आएका छन् ।

गत हप्ता मात्र पोखराको बेगनास तालमा डुङ्गा डुब्दा ८ जनाले ज्यान गुमाएका थिए भने फेरी आज पोखराको रातोपैह्रा २५ वर्षीया महिलाको शब फेला पर्यो । फेवातालमा पुम्दीभुम्दीकी युवतीले हामफालेर ज्यान गुमाएको एक महिना हुन नपाउँदै फेरी फेवा तालको नहरमा अर्की महिलाको शब फेला पारेको छ ।

स्थानीयबासिका अनुसार करिब ३० बर्सकी देखिने महिलाको शब फेवातालको ड्यामसाइडको नहरमा फेला परेको हो । नहरमा नुहाउन र लुगा धुन गएका स्थानीयहरुले नहरमा बग्दै आएको शब देखेर प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । शवलाई पोस्टमार्टमको लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!