फेरी आयो दिल निसानी मगरको विवादस्पद अभिव्यक्ति : उनी भन्छन्, “को हो पृथ्वीनारायण शाह ? म चिन्दीन”

0

काठमाडौँ, २९ पुस : केहि समय अगाडि मात्र पत्रकार रवि लामिछाने विरुद्ध अभिव्यक्ति दिएर चर्चामा छाएका दिल निशानी मगरले राष्ट्रिय एकता दिवसमा फेरि विवादस्पद अभिव्यक्ति दिएका छन । उनले “पृथ्वीनारायण शाहले नेवार मात्रै २८ हजार मारे। अनि यिनले राष्ट्रिय एकता चाँहि को सँग गरे ? ढुगा माटो सँग ? आज नेपालको पहिचान के हो ? पशुपतिनाथको हगुरे जोगी?” भनी फेसबुकमा स्ताट्स लेखेका छन ।

फेसबुक सेलेब्रेटी मगरको उक्त स्ट्याटस बारे निकै धेरै नकारात्मक कमेन्ट आए पछि उनले को हो पृथ्वीनारायण शाह ? म चिन्दीन भनी कमेन्ट्को रिप्लाई लेखेका छन भने उक्त कमेन्टमा उनले यो भनाई कुसुम कुसुम भन्ने व्यक्तिले लेखेको छनक दिदै Write up by Kusum Kusum लेखेका छन । को हो पृथ्वीनारायण शाह ? म चिन्दीन । र चिन्नैपर्छ भन्ने पनि छैन । हु इज ही ? ड्याम केयर । मैले यसो भन्दा यदि कसैले मलाइ ‘नेपाली हैनस्’ भन्छ भने पनि बाल मतलब छैन । कसैको नजरमा म नेपाली हुनु र नहुनुले मेरो जीवनमा केही फरक पर्नेवाला छैन । बरु, मेरो जीवनमा यो देशमा गणतन्त्र हुनु र नहुनुले भने धेरै वर्षदेखि फरक पार्दै आएको थियो । राजतन्त्र हुँदा हामी नेपाली (निम्न बर्गीय बाहुन क्षेत्रीसमेत) शाह, ठकुरी र मल्ल, राणाहरुको शोषणमा परेकै हौं । अचेल कसैले कुनै समुदायलाई हेप्न सक्दैन । कसैको पहिचान र अधिकार खोस्न सक्दैन । नयाँ सँविधानले बल्ल मलाई नेपाली हुनुको गौरव दिलाएको छ, यो गौरव त्यो ‘बडामहाराजाधिराज’ भन्नेले दिलाएको हैन । मजस्ता नेपाली जनताले लामो सँघर्ष, बलीदान र क्रान्तिबाट प्राप्त गरेको हो । चेतनाभया ।

खेद के मात्र हो भने, फेसबुकको भित्तोमा आज दिनभर मित्रहरुले ‘मरेको सिनो दुर्गन्धित कि सुगन्धित ?’भन्ने फालतु बहसमा समय खेर फाले । दुर्गन्धीत होस कि सुगन्धित, सिनो भनेको सिनो हो । या त त्यसलाई गाडनुपर्छ, या जलाउनुपर्छ ।

Share.

Comments are closed.

error: Content is protected !!