फरार तीन अभियुक्त पक्राउ

0

साँखु, २ असोज: फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।

यस्तै मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!