प्रिया प्रकाशको दोश्रो गीत रिलिज, ३ महिनापछि पनि भाइरल गर्लको जादु उस्तै [हेर्नुहोस भिडियो सहित ]

0

पिएनपिखबर : राता-रात सामाजिक संजालमा भाइरल बनेकी प्रिया प्रकाशको फिल्म ‘ओरु अदार लव’को शुटिंग पुरा हुने वालामा छ। यसअघि फिल्मको पहिलो गीत रिलिज भएको थियो। जसमा प्रियाको एक्सप्रेशनले सबैलाई प्रभावित पारेको थियो।

अब फिल्मको दोस्रो गीत पनि रिलिज भएको छ। यसमा एकपटक फेरी फिल्मको अभिनेता रोशन अब्दुल रहूफ र प्रिया प्रकाशले आफ्नो प्रेम कथाको जादु चलाएका छन्। फिल्मको यस गीत स्कुलको प्रयोगशाला र पार्कमा शुट गरिएको छ। फिल्म सेप्टेम्बरमा रिलिज हुँदैछ । यो फिल्म मलायालमसँगै हिन्दी र तमिल भाषामा रिलिज हुनेछ ।

प्रियाले यस गीतमा आफ्नो कमालको एक्सप्रेशन दिएकी छिन् भने उनका अनस्क्रिन प्रेमी अब्दुलले पनि जबर्दस्त नृत्य गरेका छन् । प्रियाको यो डेब्यू फिल्म हो । प्रियाको एक्सप्रेशन र सुन्दरताबाट प्रभावित भएर उनलाई बलिउडबाट पनि अफर आइरहेको छ।

Share.

Comments are closed.

error: Content is protected !!