प्रिन्सिपलबाट बालहिंसाको शिकार बनेका बस्नेतको परिवार ‘गर या मर’को अवस्थामा

0

पिएनपिखबर, भक्तपुर : प्रिन्सिपलबाट बालहिंसाको शिकार बनेका बस्नेतको परिवार यतिबेला ‘गर या मर’को अवस्था सामना गर्न बाध्य भएका छन। प्रिन्सिपलबाट बालहिँसा भएको अवगत हुदाहुँदै पनि त्यसको प्रतिकारमा जुटेका परिवार केहि समयमा नै आयुषलाई अध्ययनको लागि सोहि बिद्यालयमा पठाउनु पर्ने बाध्यकारी अवस्था सामना गर्न बिबस छन ।

अन्यत्र बिद्यालयमा पढाउन इच्छा भएतापनि एसइइको रजिस्ट्रेसन सोहि बिद्यालयमा भरिसकेको हुँदा छोरालाई महेन्द्र बिद्या आश्रममा नै पढाउन आफु बाध्य भएको आयुषको आमा कविता बस्नेतले पिएनपिखबरलाई बताइन । आयुषको बिद्यालय परिवर्तन गर्न अभिभावक संघ, नेपालमा कुरा अगाडी बढाएतापनि सरुवा गर्न सकिने नसकिने ठेगान नहुने जवाफ आएपछि मन नहुँदा नहुँदै सोहि बिद्यालयमा पढाउनुपरेको कविताले बताइन।

पिडित परिवारले आयुष सोहि विद्यालयमा पढ्नुपर्ने भएपछि पिएनपिखबरले तयार पारेको भिडियो रिपोर्ट हटाइदिन आग्रह गरेको थियो। साथीहरुले आयुषलाई जिस्काउने र बिदेशमा रहेका आफन्तजनले अवस्था बुझ्न पटकपटक सम्पर्क गरेको हुँदा आयुषलाई मानसिक रुपमा नकारात्मक असर पर्न सक्ने भन्दै उनको परिवारले गरेको आग्रह स्वीकार्दै हामीले पिएनपिखबरको अफिसियल युट्युब च्यानल पिएनपि मिडिया प्रा.लि. मा रहेको ‘प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपीट : दुई झापड र लात्तीले छातीमा हानिहानि विद्यालयबाटै गरे निकाला’ भन्ने शिर्षकको भिडियो रिपोर्ट हटाएका छौ। यसबाट आमदर्शकदिर्घामा पर्न जाने असर प्रति हामी क्षमाप्राथी छौ।

बिहिबार विहान विद्यालयमा समयमै उपस्थित नभएको भन्दै भक्तपुरको सुर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रमका प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले विद्यार्थी आयुष बस्नेतमाथि कुटपीट गरेका थिए । कुटपीटपछि मास्केले विद्यार्थी बस्नेतलाई अध्ययनका लागी कक्षामा प्रवेश गर्न नदिई विद्यालयबाटै निकालेका थिए ।

यद्यपि बिद्यार्थीलाई दुई झापड र लात्तीले छातीमा हानिहानि कुटपीट गर्ने प्रिसिन्पलले माफी मागेका छन । विद्यार्थीमाथि कुटपीट भएपछि आक्रोशित भएका अभिभावक र विद्यालयका प्रिन्सिपलबीच आइन्दा यसरी विद्यार्थीमाथि कुटपीट नगर्ने, विद्यालयलाई बालमैत्री बनाएर अघि बढ्नुपर्ने लगायतका कुरामा सहमति भएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!