प्रहरी प्रधान कार्यालयद्वारा ७९ एसपीको सरुवा [सूची सहित]

0

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ। अाइतबार बढुवा समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयले एसपीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार पर्सामा रेवती ढकाल, काभ्रेमा चन्द्रकुबेर खापुङ, चितवनमा सुशील राठौर, भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का, तनहुमा सिद्दीबिक्रम शाह, कास्कीमा ओम राना र बारामा मिरा चौधरीको सरुवा भएको छ।

कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

केहि समयअघि ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठ सरूवा भएका छन् ।यस्तै राजेन्द्र भट्टको नवलपरासी, रामेश्वर प्रसाद यादवको सिन्धुलीमा सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Share.

Comments are closed.

error: Content is protected !!