प्रहरीले छापा मार्ने क्रममा भिडन्त हुँदा नौ ‘आतङ्ककारी’को मृत्यु

0

काएरो, इजिप्ट, ९ पुस (रासस÷सिन्ह्वा) : इजिप्टको उत्तरी प्रान्त शर्कियामा शङ्कास्पद गतिविधि सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्ने क्रममा आइतबार नौ जना आतङ्कवादी लडाकू मारिएका यहाँको गृह मन्त्रालयले जनाएको छ । इजिप्टको सुरक्षा बलले शर्कियाको एक भागमा सुरक्षित आश्रयस्थल बनाई उत्तरी सिनाइ क्षेत्रमा आक्रमण गर्ने योजनाका साथ प्रशिक्षण शिविर चलाएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा भडप भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छापा मार्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण शुरु गरेपछि चलाएको सुरक्षा कारबाहीमा आतङ्ककारीको मृत्यु भएको जनाएको छ । यसैगरी इजिप्टको राजधानी काएरोमा सुरक्षाकर्मीले मारेको छापामा नौ जना शङ्कास्पद आतङ्ककारी पक्राउ परेका मन्त्रालयले जनाएको छ । उनीहरूसँगबाट बन्दूक तथा युद्ध सामग्री नियन्त्रणमा लिइएको बताइएको छ ।

यसपहिले शनिबार राती नकावधारी बन्दूकधारीहरूको एक समूहले राजधानी काएरोको दक्षिणी भागमा रहेको क्याफेमा आक्रमण गरी तीनजना सर्वसाधारणको हत्या गरेका थिए भने पाँच जना शख्त घाइते भएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!