प्रसन्नलाई भाइरल बनाउने गुरु पहिलोपटक मिडियामा, भन्छन, ‘प्रसन्नको गीतले मेरो मुटु छुन्छ’ [हेर्नुहोस भिडियो]

0

भक्तपुर : पछिल्लो समयमा सामाजिक सञ्जालमा विशेषगरी बालप्रतिभाहरूले विशेष स्थान जमाइरहेका छन् । धेरै बालप्रतिभाहरूले आफ्ना प्रतिभाहरू पस्केर सबैको मनमा बस्न सफल भई चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यसै भिडमा १३ वर्षीय प्रसन्न पाठक पनि आफ्नो प्रतिभा लिएर आइपुगेका छन् ।

नुवाकोटको सातबिसेमा पुर्ख्यौली घर भएका प्रसन्नको हाल धुम्बाराहीमा स्थायी बसोबास रहेको छ । सानो उमेरका भएतापनी सुमधुर स्वरका धनी पाठकको स्वर सुन्ने जति सबैलाई लोभ्याउने गर्छ। प्रसन्नको गायन क्षमतालाई कदर गर्दै सांगेतिक क्षेत्रमा अबसर दिने गायक हुन् मिलन कडेल। मिलन कडेल संगीतकार तथा आधुनिक गायक हुन्। उनले पहिलोपटकको भेटमा नै प्रसन्नको गीत सुन्दै मोहित भएका थिए। उनी भन्छन,’प्रसन्नको गीत गाउँदा शरीरमा अनौठो किसिमको अनुभव हुन्छ, उनीसँग एक अद्भुत क्षमता छ जो कोहिसँग हुदैन।’

प्रसन्नको खुबीलाई अगाडी लेराउन पर्छ भन्ने लागेर उनले आफ्नो गीत दिएका हुन्। उनले प्रसन्नको आवाजमा पहिलो गीत रेकर्ड गराईसकेका छन् भने अब प्रसन्न अर्को गीतको तयारी  गरिरहेको गायक मिलन कडेलले बताए। प्रसन्नको बुवा पनि गायन क्षेत्रमा सलंग्न रहेकाले पनि उनलाई परिवारबाट पनि निकै प्रत्सोहान मिलिरहेको छ । उनका बुबा लोक दोहोरी  गायक हुन्। उनका प्रेरणाका स्रोत पनि उनका बुबा नै हुन्। बाँकी हेर्नुहोस भिडियोमा 

Share.

Comments are closed.

error: Content is protected !!