प्रशिक्षक जोसे माउरिन्हो २०२० सम्म म्यान्चेष्टर युनाइटेडमै रहने नयाँ सहमति

0

माघ १२: ईंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले क्लबसँगको अनुबन्ध लम्ब्याउने भएका छन् । माउरिन्होले सन २०२० सम्म क्लबमै रहने गरी नयाँ अनुबन्धमा हस्ताक्षर गरेका हुन् ।

५४ वर्षका माउरिन्होको कार्यकाल अर्को वर्ष सकिंदै थियो । नयाँ अनुबन्धमा कार्यकाल अझै थप्न सकिने विकल्प पनि राखिएको बीबीसीले जनाएको छ ।

हस्ताक्षरपछि माउरिन्होले आफूलाई क्लबले उपयुक्त प्रशिक्षक ठानेकोमा आफू दंग परेको र गज्जपका युवा खेलाडी रहेको टीमले थप उपलब्धी हाँसिल गर्ने प्रतिक्रिया दिएका छन् ।

अब कम्तिमा ३ वर्ष सँगै बिताउने भएकाले आफुले खेलाडीसँग मिलेर टीमका लागि नयाँ अवसर सिर्जना गर्ने माउरिन्होको भनाई छ । म्यान्चेष्टर युनाइटेड प्रिमियर लिगमा दोश्रो स्थानमा छ ।

उसले यसपटकको प्रिमियर लिग जित्ने सम्भावना सकिइसके पनि च्यायिम्पयन्स लिग र एफ ए कपको उपाधि जित्ने सम्भावना कायमै छ ।

सन् २०१६ मा म्यान्चेष्टर युनाइटेडको प्रशिक्षक बनेका माउरिन्होले त्यसै बर्ष क्लवलाई युरोपा लिग र इएफएल कपको उपाधि जिताएका थिए ।

Share.

Comments are closed.

error: Content is protected !!