प्रधानसेनापतिद्वारा अड्डाको निरीक्षण

0

काठमाडौँ, २७ भदौ : प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज सुनसरी जिल्ला इटहरीस्थित श्री पूर्वी पृतना हेडक्वार्टर झापा जिल्लास्थित श्री नंं २१ वाहिनी अड्डा र उदयपुर जिल्लास्थित श्री नंं १८ वाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति श्री थापाले उक्त पृतना तथा वाहिनीको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नाका साथै सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो ।

भ्रमण सम्पन्न गरी महारथी थापा आजै काठमाडाँै फिर्ता हुनुभएको छ । निरीक्षण भ्रमणका सिलसिलामा उहाँ मङ्गलबारे धनकुटा जिल्लाको हिलेस्थित श्री नंं २ वाहिनी अड्डातर्फ प्रस्थान गर्नुभएको थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!